१ मंसिर २०८३, मंगलबार

हामी को सँग हार्यौ भन्दै गगन थापा लोकमानविरुद्ध आक्रामक (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa

काठमाडौं, १० कात्तिक । स्वास्थ्यमन्त्री गगन थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएरै हटाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार व्यवस्थापिका संसदको बैठकमा लोकमानविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिदै थापाले कार्कीले पदीय मर्यादाभन्दा बाहिर गएर अनियमितता गरेको भन्दै महाअभियोगबाट हटाउनुपर्ने बताउनुभयो ।

उहाँले यो स्वाभिमानको प्रश्न भएको कारण आफू यो प्रस्तावको पक्षमा रहेको भन्दै विगतमा हामी को सँग हारेका हौं भनी प्रश्न उठाउनुभयो ।

आफूसहितका केही नेताहरुले कांग्रेसका तत्कालीन पार्टी सभापति र राष्ट्रपति डा. रामबरण यादवलाई कार्कीलाई नियुक्ति नगर्न आग्रह गरेको स्मरण गर्दै थापाले भन्नुभयो- ‘हामीले नियुक्ति गलत छ भन्दा हाम्रा पार्टी सभापति र पूर्वराष्ट्रपतिले त्यतिबेला भन्नु भएको थियो। हामी हार्यौं। तर हामीले कोसँग हारेको हो ?

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=JF6OjVhvx8U