१ मंसिर २०८३, मंगलबार

परराष्ट्रमन्त्री महत नयाँदिल्ली जाँदै, सुष्मासँग भेटवार्ता गर्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash Sharan Mahatकाठमाडौं, १० कात्तिक । परराष्ट्रमन्त्री प्रकाश शरण महत नेपाल–भारत संयुक्त आयोगको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गर्नु हुने भएको छ ।

दिल्लीमा हुने बैठकमा नेपालका तर्फबाट महत र भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्था बारेमा बृहत् समीक्षा हुनेछ ।

परराष्ट्रमन्त्री महतले भारतसँग हुने नेपाल–भारत संयुक्त बैठकमा विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन तथा गण्डक सम्झौताको विषयलाई प्राथमिकताका साथ उठाउने बताइएको छ ।