जुम्ला, १० कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाअभियोगको प्रस्ताव संसदमा अगाडि बढी सकेकाले त्यसलाई प्रभावित बनाउने गरी कसैले अभिव्यक्ति दिन नहुने बताउनुभएको छ ।
जुम्लाको सदरमुकाम खलङ्गामा बुधबार बिहान पत्रकारहरूसँग कुरागर्दै नेता सिंहले संसदको महाअभियोग समितिले छानविन गरेर दिने प्रतिवेदनलाई आधार मानेर अगाडि बढ्नु पर्ने उल्लेख गर्नुभयो । ‘महाअभियोग प्रस्ताव संसदबाट अगाडि बढेको छ । त्यसको केही निश्चित प्रक्रिया छन्’, उहाँले भन्नुभयो, ‘त्यसलाई प्रभावित तुल्याउने गरी कसैले पनि पहिल्यै अभिव्यक्ति वा निर्णय दिनु हुँदैन ।’
कांग्रेसले पनि संसदको गरिमा र संसदीय पद्धतिको सम्मान गर्दै महाअभियोग प्रकरणमा के गर्ने भनेर हतारमा निर्णय नगरेको बताउनुभयो । ‘कांग्रेसले संसदको महाअभियोग समितिको प्रतिवेदनलाई हेरेर निर्णय लिन्छ’, उहाँले भन्नुभयो, ‘कांग्रेस जस्तो पार्टी गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदैन ।’
कांग्रेसले महाअभियोग प्रस्तावका विषयमा संसदीय महाअभियोग समितिको सुझावका आधारमा पछि निर्णय गर्ने जनाएको छ ।











प्रतिक्रिया