१ मंसिर २०८३, मंगलबार

संसद बैठक कात्तिक २५ गतेसम्म स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad

काठमाडौं, ९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा आजदेखि छलफल सुरु गरेको व्यवस्थापिका संसदको बैठक कात्तिक २५ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको बैठकमा सभामुख ओनसरी घर्तीले तिहार र छठपछि बैठक चल्ने जानकारी गराउँदै कात्तिक २५ गतेसम्म संसदको कामकारवाही स्थगित हुने घोषणा गरिन् ।

आजबाट छलफल सुरु गरिएको लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा विभिन्न राजनीतिक दलका सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।