काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसले संसदको महाअभियोग समितिले दिने प्रतिवेदनका आधारमा महाअभियोगको विषयमा निर्णय गर्ने जनाएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले महाअभियोगको पक्षमा जाने कि नजाने के गर्ने भनेर ठोस निर्णय गर्न नसकेको हो । कांग्रेस केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले भन्नुभयो, ‘संसदको महाअभियोगसम्बन्धी समितिले सबै प्रक्रिया पूरा गरेर बुझाउने प्रतिवेदन हेरेपछि के गर्ने भनेर निर्णय हुनेछ ।’
कांग्रेसले आफूसँग सल्लाह नै नगेर माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्ताव दर्ता गराएको भन्दै असन्तुष्टि जनाएको छ ।
बैठकमा सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले महाअभियोगका विषयमा उचित समयमा ठीक निर्णय लिने बताउनुभएको छ । उहाँले एमालेका अध्यक्ष केपी ओलीले महाअभियोगका विषयमा सामान्य कुरा गरे पनि तत्काल दर्ता गर्ने विषयमा केही नभनेको दोहोराउनु भएको छ ।
सभापति देउवाले बैठकमा तत्काल हतारमा निर्णय गर्नुभन्दा पनि सबै विषयको सुक्ष्म रुपमा अध्ययन गरेर बुझेर निर्णय गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।











प्रतिक्रिया