काठमाडौं, ९ कात्तिक । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले महाअभियोग प्रस्तावमा समर्थन जनाउँदै संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेर सहमति जुटाउने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार आकस्मिक रुपमा बसेको स्थायी समिति बैठकले महाअभियोगका पक्षमा समर्थन जनाउने निर्णय गरेको सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थन गर्दै उक्त प्रस्तावलाई पारित गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्दै प्रस्तावका पक्षमा सहमति निर्माण गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।











प्रतिक्रिया