१ मंसिर २०८३, मंगलबार

संसदमा महेन्द्रले पेश गरे लोकमानविरुद्धको महाअभियोग प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra-bhadur-sahiकाठमाडौं, ९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसद बैठकमा पेश भएको छ ।

केही समयअघि सुरु भएको संसद बैठकमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले महाअभियोग प्रस्ताव पेश गर्नुभएको हो । शाहीले आफ्नो प्रस्ताव संसदमा पेश गरिरहनु भएको छ । उहाँको प्रस्तावलाई एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले समर्थन गर्नु हुनेछ । त्यसपछि महाअभियोग प्रस्तावमा छलफल हुनेछ ।

नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवम् व्यवस्थापिका संसद नियमावली २०७३ को उपनियम १६८ को उपनियम (१) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त उपर माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीसहित १ सय ५७ जना सदस्यहरूले दर्ता गराएको महाअभियोगको प्रस्ताव संसदको नियमावली २०७३ को नियम १६८ को उपनियम (५) बमोजिम बैठक समक्ष प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।