१ मंसिर २०८३, मंगलबार

लोकमानको पक्षमा उभिए खुमबहादुर खड्का, आक्रामक शैलीमा एमालेलाई लगाए दोष

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khum-bhadur-khadka

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्धको महाभियोग प्रस्तावलाई एमालेको षडयन्त्र भनेका छन् । उनले नेपाली कांग्रेस लोकमानविरुद्धको महाभियोगको विपक्षमा उभिनुपर्नेमा पनि जोड दिए ।

कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा मंगलबार विहानै आक्रमक रूपमा प्रस्तुत भएका नेता खड्काले लोकमानविरुद्धको महाभियोग आएनएजीओ, एनजिओ र पश्चिमा मुलुकको दबाब र प्रभावमा ल्याइएको बताए । उनले भने– ‘यो एमालेको षडयन्त्र हो । यसमा कांग्रेस फस्नु जरूरी छैन ।’

उनले यदि लोकमान गलत थिए भने उनलाई नियुक्ति गर्ने नेताहरू गलत भएको बताउँदै गलत र सहीको फैसला अब अदालतले गर्ने बताए ।

आफ्नो फाइल छानबिन हुने देखिएपछि अत्तालिएर एमाले–माओवादी नेताहरुले यो प्रस्ताव ल्याएको भन्दै नेता खड्काले हिजो कांग्रेसका नेताहरूलाई पर्दा ठीक र अहिले एमालेका केही नेताहरूलाई पर्दा गलत कसरी हुनसक्छ भनी प्रश्न गरे ।