काठमाडौं, ९ कात्तिक । अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आजबाट संसदमा छलफल हुँदै छ ।
अपराहृन ३ बजे बोलाइएको संसद बैठकमा प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्र शाहीले प्रस्ताव टेबुल गर्नेछन् । शाहीले महाअभियोग प्रताव दर्ता गर्नुको कारणबारे आफ्नो मन्तव्य दिनेछन् ।
त्यसपछि महाअभियोग प्रस्तावका समर्थक एमालेका मुख्य सचेतक भानुभक्त ढकाललाई बोल्न दिइनेछ । त्यसपछि महाअभियोगको प्रस्तावमा छलफल सुरु हुनेछ ।
छलफलमा महाअभियोगको प्रस्तावमा सैद्धान्तिक छलफल भएका प्रत्येक सदस्यलाई समय दिइनेछ । दलीय आधारमा बेल्ने भएमा त्यसमा दलको हैसियतबमोजिम समय तोकिनेछ ।
प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइनेछ ।
समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका दिनेछ । समितिको प्रतिवेदन आएपछि संसदले महाअभियोग प्रस्तावमा निर्णयार्थ पेश गर्नेछ ।











प्रतिक्रिया