१ मंसिर २०८३, मंगलबार

एमाले चितवनको परिणाम आयो, पोखरेलले लोकप्रिय मतसहित बाजी मारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-bhakta-pokharelकाठमाडौं, ९ कात्तिक । नेकपा (एमाले) चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल निर्वाचत भएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पोखरेल ४ सय ३१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी जगन्नाथ थपिलयाले २ सय ८९ मत मात्रै प्राप्त गरे ।

मंगलबार बिहान सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा कृष्णप्रसाद भुर्तेल २ सय ९३ मतसहित विजयी भएका छन् । अर्का उपाध्यक्षमा तेजेन्द्रवहादुर खड्का ४ सय २४ मतसहित विजयी भएका छन् ।

uml-chiwanसचिवमा नारायण वन ३ सय ४८ र पार्वती रावल ३ सय ७३ मतसहित विजयी भएका छन् ।

उप–सचिवमा रामप्रसाद न्यौपाने ३ सय २३ र सूर्य वदना हमाल ३ सय ८९ मतसहित विजयी भएको चितवनबाट पत्रकार राजेन्द्र आचार्यले जानकारी दिएका छन् ।