काठमाडौं, ८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी भाइटिकाको भोलिपल्ट अर्थिात कात्तिक १७ गते बुधवार नेपालको तीन दिने राजकीय भ्रमणका लागि आउनु हुने भएको छ ।
उच्च स्रोतका अनुसार भारतीय राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा विभिन्न धार्मिक स्थलहरूको पनि दर्शन तथा पूजापाठ गर्नु हुनेछ । मुखर्जी भ्रमणमा आउने निश्चित भएपछि उहाँको सुरक्षाका लागि दुवै देशले उच्च सर्तकता अपनाएको जनाइएको छ ।
पशुपतिनाथ, जनकपुर र पोखरा भ्रमणका लागि जाने कार्यक्रम तय भएको स्रोतको भनाइ छ ।
राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतवीच चिसिएको सम्बन्धमा सुधार हुन सक्ने बताइएको छ ।











प्रतिक्रिया