१ मंसिर २०८३, मंगलबार

लोकमानको पक्षमा उभियो सद्भावना पार्टी, प्रचण्डलाई दिएको समर्थन पनि फिर्ता लिने निष्कर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-jha

काठमाडौँ, ८ कात्तिक । नेपाल सद्भावना पार्टी अख्तियार प्रमुख लोकमान सिंह कार्कीको महाअभियोगको विपक्षमा उभिएको छ ।

व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव मधेस विषयलाई ओझेलमा पार्ने षडयन्त्र भएको सद्भावनाको निष्कर्ष छ ।

पार्टीको सङ्घीय कार्यसमितिको बैठकले मधेसी मोर्चाद्वारा मधेस आन्दोलनको सम्बोधनका निम्ति प्रस्ताव गरिएको संविधान संशोधनका विषयमा सरकार उदासीन रही महाअभियोगको विषयमा अलमलिएको निष्कर्ष निकालेको हो ।

पार्टी अध्यक्ष अनिलकुमार झाद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गर्दै बैठकले मोर्चाद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिन मोर्चाभित्र दबाब सिर्जना गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा डिम्पलकुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।