१ मंसिर २०८३, मंगलबार

महाअभियोग प्रस्ताव कुनै हालतमा फिर्ता नहुने सभामुख घर्तीको घोषणा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokman-student-onsari

काठमाडौं, ८ कात्तिक । सभामुख ओनसरी घर्तीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनुभएको छ ।

लोकमानविरुद्ध महाअभियोग छिटो पास गराउन दबाब दिने उद्देश्यले सोमबार सिंहदरबार पुगेको संयुक्त विद्यार्थी संगठनको टोलीसँग भेट गर्दै सभामुख घर्तीले प्रक्रिया अघि बढेको भन्दै महाअभियोग फिर्ता हुन नदिने बताउनुभयो ।

‘संसदले प्रक्रिया अगाडि बढाइसकेको छ । महाअभियोग प्रस्ताव कुनै हालतमा रोकिँदैन् । फिर्ता हुन नदिन म पहल गर्छु,’ सभामुखको भनाई उद्धृत गर्दै नेविसंघका नेता रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तस्वीरः आरसी लामिछानेबाट ।