३१ आश्विन २०८३, शनिबार

वर्ल्ड रेकर्डमा नेपालले भारतलाई उछिन्यो! दक्षिण एसियाको शीर्ष स्थानमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-rule-of-law-index

काठमाडौं, ८ कात्तिक । कानुनी राज्य भएको देशहरुको सूचीमा नेपालले भारतलाई तीन अंकले पछि पारेको छ ।

वर्ल्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा भारतलाई उछिन्दै नेपाल दक्षिण एसियामा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बनेको हो । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

सूचीमा दक्षिण एसियाली देशहरुमा नेपाल शीर्ष स्थानमा परेको छ । भारत नेपालभन्दा ३ स्थान तल अर्थात् ६६ औं स्थानमा छ । यस्तै श्रीलंका ६८, बंगलादेश १०३ र पाकिस्तान १०६ औं स्थानमा छन् ।

पाकिस्तान भने अफगानिस्तान, इथियोपिया, जिम्बाब्बे, क्यामरुन, इजिप्ट, कोलम्बिया र भेनेजुयलाभन्दा मात्र माथि छ ।

विश्वभरमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश भने डेनमार्क बनेको छ । नर्वे दोस्रो स्थानमा परेको छ भने तेस्रो स्थानमा फिनल्याण्ड छ । यसैगरी रुल अफ ल इन्डेक्समा बेलायत १० औं र अमेरिका १८ औं नम्बरमा परेका छन् ।