१ मंसिर २०८३, मंगलबार

लोकमान महाअभियोग प्रकरणमा कांग्रेस सांसद भन्छन्- एमालेले गोल हान्यो

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कांग्रेस सांसद धनराज गुरुङ ।
कांग्रेस सांसद धनराज गुरुङ ।

काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद धनराज गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने प्रक्रियामा प्रमुख प्रतिपक्षी एमालेले गोल हानेको बताएका छन् ।

लोकमानविरुद्धको महाअभियोग मुद्दा सबै पार्टीको भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत पहिला गगन थापा, आफू र श्याम श्रेष्ठले संसदीय समितिमा महाअभियोगको माग गर्दै निवेदन दिएको र गोल हान्ने बेला एमालेले हानेको बताए ।

‘महाअभियोग प्रस्ताव एमाले र माओवादीको हो त्यसैले त्यो प्रस्तावको पक्षमा जानु हुन्न भन्ने मित्रहरुलाई थाहै होला गगन, म र श्याम श्रेष्ठले महाअभियोगको बल अगाडि बढायौं’, उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् भनेका छन्, ‘गोल हान्ने बेलामा एमालेले हानेको मात्रै हो। त्यसैले महाअभियोग प्रस्ताव सबै पार्टीको हो ।’

पद तथा शक्तिको दुरुपयोग गरेको र अदालतको अवहेलना गरेको भन्दै गत बुधबार एमाले–माओवादीका १५७ सांसदले लोकमानविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा संसदले मंगलबारदेखि छलफल प्रारम्भ गर्दैछ ।