१ मंसिर २०८३, मंगलबार

लोकमानलाई हटाउन हाम्रो पार्टी दृढ छ : नेता श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayankaji-Shresth-Prakashकाठमाडौं, ८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउनका लागि दृढताका साथ उभिन प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेको बताउनुभएको छ ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर नेता श्रेष्ठले आइतबार प्रधानमन्त्री दाहालसँग भएको भेटका क्रममा महाअभियोगको पक्षमा मतदान गर्न सुझाव दिएको बताउनुभयो ।

‘महाअभियोग प्रस्तावको पक्षमा पार्टी दृढतापूर्वक उभिएर प्रस्ताब पारित गर्न भूमिका खेल्न अनुरोध गरेको छु’, उहाँले भन्नुभएको छ, ‘अहिले हाम्रो पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा यो विषयमा एक ढिक्का छ ।’

चीनको भ्रमणमा रहेका बेला पनि आफूले दाहाललाई फोन गरेर महाअभियोगको पक्षमा एकतावद्ध भइ लाग्न सुझाव दिएको नेता श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

नेपाली कांग्रेसले पनि द्विबिधा अन्त्य गरी छिटो प्रस्ताबको पक्षमा आउन श्रेष्ठले अनुरोध गर्नुभएको छु । ‘यो कुनै व्यक्तिको बिरुद्धको अभियान होइन, निरंकुशता र स्वेच्छाचारिता बिरुद्धको कदम हो ।’

लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगमा मंगलबारबाट संसदमा छलफल हुने क्रममा छ । सोही बेला माओवादी केन्द्रका नेता श्रेष्ठले महाअभियोगको पक्षमा आफ्नो पार्टी एकतावद्ध रहेको उल्लेख गर्नुभएको हो ।