२ मंसिर २०८३, बुधबार

माओवादीले एमालेसँग मिलेर महाअभियोग ल्याउनु गलत : डा.कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

s1गुल्मी, ८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले लोकमान सिंह कार्की नियुक्ति नै गलत भएको बताएका छन् ।

लोकमानलाई नियुक्ति गर्ने समयमै आफूले नेताहरूलाई यो गलत काम हुँदैछ भन्ने जानकारी गराउँदा पनि नेताहरूले स्वीकार नगरेकाले आज यो परिस्थिती आएको उनले बताए ।

नेपाल प्रेस युनियन गुल्मी शाखाले सोमबार बिहान सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले माओवादी केन्द्रले सत्ता साझेदार पार्टी नेपाली कांग्रेससगँ कुनै सल्लाह नगरी एमालेसँग मिलेर लोकमान कार्कीलाई महाअभियोगको प्रस्ताव दर्ता गर्नु गलत भएको बताए ।

लोकमान प्रकरणमा अहिले आफूले केही नबोल्ने भन्दै कोइरालाले कांग्रेसको केन्द्रीय समितिले के निर्णय गर्छ भन्ने नै प्रमुख भएको बताए ।