३१ आश्विन २०८३, शनिबार

इंग्लिस प्रिमियर लिगमा चेल्सीद्वारा म्यानचेष्टर पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1256653504chelsea-jpgलन्डन, ८ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेल्सीले युनाइटेडलाई ४ – ० ले पाखा लगाएको हो ।

एन्टीनियो कोन्टेको चेल्सीले जोसे मोरिन्होको टोली युनाइटेडमाथि एकतर्फी जित निकालेको थियो ।

चेल्सीको जितमा पेड्रो, टिम काहिल, इडेन हाजार्ड र एन्गोलो कान्टेले समान एक–एक गोल गरे । जितसंगै चेल्सी १९ अंकसहित लिगको चौथो स्थानमा छ भने १४ अंक जोडेको युनाइटेड सातौ स्थानमा छ । – एजेन्सी