१ मंसिर २०८३, मंगलबार

‘प्रचण्ड मेरो घनिष्ठ मित्र हो, अविश्वासको प्रस्ताब ल्याएर म जीवनमा कहिल्यै प्रधानमन्त्री हुन्न’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautam

भैरहवा, ७ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले मलाई प्रधानमन्त्री बन्दैछ भनेर अनावश्यक हल्ला फैलाइएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले सत्ता परिवर्तनपछि वामदेब प्रधानमन्त्री बन्दै छ भन्ने अनावश्यक हल्ला फैलाइएको दाबी गरे ।

‘प्रचण्ड मेरो घनिष्ठ मित्र हो उहाँबिरुद्ध अबिश्वासको प्रस्ताब ल्याएर म जीवनमा कहिल्यै प्रधानमन्त्री हुन्न,’ पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले भने– ‘प्रचण्डमा केही कमीकमजोरी छन तर उहाँलाई हटाएर म प्रधानमन्त्री हुन मेरो नैतिकले दिदैन ।’ उनले प्रचण्डलाई हटाएर एमालेले सत्तामा जाने अबस्था आए एमालेका अरु नै नेता प्रधानमन्त्री बन्ने टिप्पणी गरे ।

उपाध्यक्ष गौतमले अर्काै एक प्रसंगमा सबिधान संशोधनको औचित्य पुष्टी गर्न नसक्नेहरुले सँशोधनको हल्ला पmैलाएको आरोप लगाउदै सँबिधान संशोधनको औचित्य पुष्टी नहुँदासम्म एमालेले साथ नदिने स्पष्ट पारे ।