२ मंसिर २०८३, बुधबार

लोकमानलाई अब भगवानले पनि बचाउन सक्दैनः बामदेव गौतम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ex-home-minister-bamdev-gautam-pic

– नरेश केसी

भैरहवा, ७ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले लोकमानसिंह कार्कीको महाअभियोग प्रकरणपछि राजनीतिक रुपमा मुलुक खतरनाक अवस्थामा पुगेको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले लोकमानले राजनीतिक दलसंग अराजनीतिक दुश्मनी साध्ने दुस्प्रयास गरेको तर्क गर्दै उनलाई अब कसैले पनि बचाउन नसक्ने बताए । उनले भने– ‘अब भगवानले चाँहेर पनि लोकमानविरुद्धको महाअभियोग रोकिँदैन् ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता गौतमले एमालेले संविधान विपरित काम गर्ने कसैलाई पनि सहयोग नगर्ने जनाउदैं लोकमानले संबैधानिक अंगको प्रमुख भएर संविधानविपरित र जनभावना विपरित काम गरेकोले उनको विरोध गर्नुपरेको स्पष्ट पारे । ‘लोकमानले एमाले कांग्रेस र एमाओवादी जसले उनलाई सहमति गरेर अख्तियार प्रमुख बनाए तीनलाई नै समाप्त गर्नेगरी अगाडी बढेको कारण अहिले यस्तो स्थिती आयो,’ उनले भने ।

आउदो माघ ७ गते सम्म सबै निकायका निर्वाचन पुरा गर्नै अबस्था सृजना नभईरहेको अवस्थामा लोकमान प्रकरणले मुलुक झन खतरनाक मोडमा पुगेको दाबी गर्दै एमाले त्यो खतरापूर्ण अवस्थाको सामना गर्न तयार रहेको बताए । उनले त्यो खतरा केहो भन्ने बारेमा भने स्पष्ट पारेनन ।

लोकमान प्रकरण सत्ता परिवर्तनको खेल नभएको स्पष्ट पार्दै उपाध्यक्ष गौतमले सत्ता परिवर्तन पछि बामदेब प्रधानमन्त्री बन्दै छ भन्ने अनावश्य हल्ला पmैलाईएको दाबी गरे । ‘प्रचण्ड मेरो घनिष्ठ मित्र हो उहाँबिरुद्ध अबिश्वासको प्रस्ताब ल्याएर म जीवनमा कहिल्यै प्रधानमन्त्री हुन्न,’ उपाध्यक्ष गौतमले भने ‘प्रचण्डमा केही कमीकमजोरी छन तर उहाँलाई हटाएर म प्रधानमन्त्री हुन मेरो नैतिकले दिदैन ।’ उनले प्रचण्डलाई हटाएर एमालेले सत्तामा जाने अबस्था आए एमालेका अरु नै नेता प्रधानमन्त्री बन्ने टिप्पणी गरे ।

उपाध्यक्ष गौतमले अर्काै एक प्रसंगमा सबिधान संशोधनको औचित्य पुष्टी गर्न नसक्नेहरुले सँशोधनको हल्ला पmैलाएको आरोप लगाउदै सँबिधान सँशोधनको औचित्य पुष्टी नहुँदासम्म एमाले सँशोधनको पक्षमा नलाग्ने स्पष्ट पारे । उनले मधेशसँग पहाड टुक्राएर प्रदेशको कल्पना गर्न नसकिने उल्लेख गर्दै केही तत्व मधेशबादी दल लाई उचालेर सबिधान शसोधनमापर्mत नेपाललाई समाप्त पार्नै षडयन्त्रमा लागेको समेत आरोप लगाए ।