काठमाडौं, ७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव छिटो पारित गराउन माग गर्दै विद्यार्थीहरुले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म सांसदहरुलाई खबरदारी भन्दै निकालेको जुलुस बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल (क्रान्तिकारी) अध्यक्ष नरेन्द्र न्यौपाने, नेविसंघ महामन्त्री कुन्दन काफ्ले, मधेसी विद्यार्थी फोरम अध्यक्ष कप्लेश्वर यादव लगायतले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका थिए ।
अनेरास्वुवियुका केन्द्रीय सचिव आरसी लामिछानेका अनुसार सयौं विद्यार्थी स्वतफूर्त प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागीहरुले लोकमानको सम्पत्ति सार्वजनिक गर, विधिको शासन कायम गर, लोकमानलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।












प्रतिक्रिया