काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पदाधिकारी किन मनोनयन हुन नसकेर भनेर पार्टी सभापतिसँग केन्द्रीय कर्यासमितिमा सोधिरहेको बताउनुभएको छ ।
सुर्खेत विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरागर्दै नेता सिंहले भन्नुभयो, ‘पार्टी पदाधिकारी किन मनोनयन नगरेको हो भनेर केन्द्रीय कार्यसमितिमा हामीले सोधिरहेका छौँ । बाहिर पनि सोधिरहेका छौँ ।’
निर्णय गर्ने स्थानमा सभापति देउवा रहेको बताउनु भएका सिंहले भन्नुभयो, ‘उहाँ पार्टी सभापति नहुँदा के–के कुरा बोल्नुभएको थियो । अब त्यो उहाँले सम्झना गर्नु पर्ने हो । गर्नु भएको जस्तो लाग्दैन ।’
‘उहाँ निर्णय गर्ने ठाउँमा हुनुहुन्छ’, सिंहले भन्नुभयो, ‘हिजो पार्टी सभापति नहुँदा उहाँले यो भएन उ भएन भन्नु हुन्थ्यो । अहिले उहाँ निर्णय गर्ने ठाउँमा हुँदा पनि गर्न सक्ने काम पनि गर्न सक्नु भएको छैन ।’
१३औँ महाधिवेशनबाट पार्टी सभापति चयन भइसकेपछि देउवाले सिङ्गो नेपाली कांग्रेसको पार्टी सभापति बन्नु पर्ने बताउनुभएका नेता सिंहले भन्नुभयो, ‘एउटा सानो समूहको, गिरोहको पार्टी सभापति होइन कि सम्पूर्ण कांग्रेसकै सभापतिको रुपमा प्रस्तुत हुनु पर्यो । उहाँको कार्यशैली, प्रस्तुति, त्याग र गतिविधी त्यही अनुसारको हुनु पर्यो ।’
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारदेखि सुरु भएको छ । बैठकमा पदाधिकारी मनोनय र सांगठनिक विषयमा सदस्यहरूले कुरा उठाएका छन् । तर देउवाले किन पदाधिकारी मनोनीत नगरेको हो स्पष्ट केही बताउनु भएको छैन ।











प्रतिक्रिया