३ कार्तिक २०८३, मंगलबार

काँग्रेस र एमाले एकैठाउँ नबसे संविधान बन्दैन : मन्त्री रिजाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra Rijal

काठमाडौँ, १६ भदौ । सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले नेपाली काँग्रेस र नेकपा (एमाले) एक ठाउँमा नबसी संविधान बन्न नसक्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले समयमा संविधान जारी नभए मुलुकले ठूलो मूल्य चुकाउने र यसको क्षति लोकतान्त्रिक शक्तिहरुलाई नै पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले सरकारी सञ्चार माध्यममा सकेसम्म सन्तुलन मिलाएर कार्य गर्ने विश्वास दिलाउनुभयो ।

चौतारीका उपाध्यक्ष उपेन्द्र केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सरकारी सञ्चार माध्यममा बिनापूर्वाग्रह नियुक्तिहरु गर्न ध्यानाकर्षण गराएको थियो । रासस

यो पनि पढ्नुहोस्:
प्रेस चौतारीबाट संचारमन्त्रीलाई आन्दोलनको चेतावनी