१ मंसिर २०८३, मंगलबार

नयाँ शक्तिले पनि लोकमानको साथ छाड्यो, बाबुरामले दिए घुमाउरो विज्ञप्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Bhattaraiकाठमाडौं, ५ कात्तिक । नयाँ शक्ति पार्टी नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन व्यवस्थापिका संसदमा प्रस्ताव दर्ता भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर संसद र न्यायापालिकाले बोलाउँदा अटेर गरेर नजनो व्यक्ति कति गलत छ भन्ने स्पष्ट भइसकेको जनाएका छन् ।

‘संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पार्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक अंगमा वहाल रहेका कुनै पनि अधिकारीले आफ्नो पदीय आचरणविरुद्ध काम गरेको खण्डमा महाभियोग लगाउन र त्यसको छिनोफानो गर्न सार्वभौम संसद् सक्षम छ भन्ने हाम्रो विश्वास छ ।’

नयाँ शक्ति पार्टी नेपालले भनेको छ, ‘यी कुराहरूले राजनीतिक दलहरुबाट भएको आयोगको प्रमुख नियुक्तिमै त्रुटी रहेको कुरालाई पुष्टी गर्दछ ।’