लन्डन, ५ कात्तिक । म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत बिहीबार रातिको खेलमा फेनरबाच्सेलाई ४–१ गोलले पराजित गरेको छ ।
इङ्लिस कप्तान वायने रोनी पुनः टोलीमा फर्किएको यो खेलमा पोग्बाले पहिलो हाफमै दुई गोल हानेपछि म्यानचेस्टरले समूह ‘ए’ को खेलमा सहज जीत सम्भव बनायो ।
म्यानचेस्टरले पछिल्लो चार खेलमा रोनीलाई अतिरिक्त खेलाडीको रुपमा मैदानमा उतारेको थियो ।
टर्किस क्लबसँगको जीतपछि म्यानचेस्टर समूहको दोस्रो स्थानमा उक्लिएको छ ।
म्यानचेस्टरले पहिलो हाफमा फेनरबाच्सेका डिफेन्डरको गल्तीको फाइदा उठायो ।
पोग्बाले ३१ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । यसको ३ मिनेटपछि पुनः म्यानचेस्टरले पेनाल्टीको अवसर पाएको थियो, जसलाई ३४ मिनेटमा एन्थोनी मार्सलले गोल गरे ।
पोग्बाले निर्धारित समयको थप १ मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफमा म्यानचेस्टरले ३–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको ४८ मिनेटमा जेस लिन्गार्डले थप अर्को गोल गरेपछि इङ्लिस क्लब बलियो स्थितिमा पुगेको थियो ।
म्यानचेस्टरबाट यसै वर्ष फेनरबाच्से लागेका डच स्ट्राइकर रोबेन भान पर्सीले ८३ मिनेटमा आफ्नो पूर्व क्लबविरूद्ध गोल गरेका थिए । – एजेन्सी















प्रतिक्रिया