काठमाडौं, ५ कात्तिक । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बंगलादेश भ्रमणको कार्यक्रम अचानक रद्द गर्नुभएको छ ।
केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरेर मुलुकको परिवर्तित राजनीतिका कारण अध्यक्ष ओलीले आफ्नो विदेश भ्रमण स्थगित गरेको बताउनुभएको छ ।
अध्यक्ष ओली शुक्रबार मध्यान्ह साढे १२ बजे बंगलादेशको भ्रमणका लागि जाने कार्यक्रम थियो । बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणमा ढाका जाने कार्यक्रम स्थगित भएकोमा नेपाली राजनीतिमा यसलाई महत्वका साथ हेरिएको छ ।











प्रतिक्रिया