३१ आश्विन २०८३, शनिबार

दुबईको सडकमा यस्तो रुपमा देखिए लोकमानसिंह कार्की

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman-snig-Karki– गणेश जोशी

यूएइ, ३ कात्तिक । अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिह कार्की यूएइ देखिएका छन् ।

सर्वोच्च अदालतको म्याद बुझ्न अनाकानी गरेका कार्की युएईमा देखिएका हुन् । गत असोज ३ गतेदेखि क्यानडामा भएको भष्टाचार न्यूनीकरणको कार्यक्रममा सहभागी हुन गएका कार्की दस दिनको बिदा स्वीकृति गराई सकेका छन् ।

प्रमुख आयुक्ति कार्की दुबइस्थित शेख जायद रोडमा रहेको दुषित थानी होटेलमा बस्दै आएका छन् ।

आबुधाबीस्थित नेपाली राजदूताबासको गाडी प्रयोग गर्दै आएका प्रमुख आयुक्त कार्कीले नेपालीहरूसँग खासै भेट्ने गरेका छैनन् ।

बिहान बिहान हाफ पाइन्ट र भेष्टमा प्रमुख आयुक्त कार्की दुबइ महल घुम्न हिँड्ने गरेको प्रत्यक्ष देखेका नेपालीहरूले बताएका छन् ।

अख्तियार प्रमुख कार्की क्यानडाबाट कहिले आइ पुगेका हुन् केही बताइएको छैन । उनी कहिले नेपाल फर्कने हुन त्यसबारेमा पनि केही टुङ्गो छैन ।