३१ आश्विन २०८३, शनिबार

डोटीमा प्रदेश नं. ७ स्तरीय मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

volleyball– झलक पाली

कात्तिक, ३ डोटी । डोटीको कपल्लेकी गाउँ विकास समितिमा प्रदेश नं. ७ स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ ।

‘पाँचौं भागेश्वर गु्रप कपल्लेकी भलिबल सिल्ड’ नाम दिइएको उक्त प्रतियोगिता विजया दशमी तथा शुभ दिपावलीको अवसर पारी कपल्लेकी युवा समाज डोटीको आयोजनामा यहि कात्तिक १८ गतेदेखि २१ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

कपल्लेकी गाविस, भागेश्वर ग्रुप र केदारेश्वर माध्यमिक विद्यालयको मूख्य प्रायोजन तथा सुदुरपश्चिमाञ्चल एकेडेमी र होटल डिभोटीको सह–प्रायोजनमा हुने भलिबल खेल लिगअम नकआउटका आधारमा खेलाईने जनाईएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्ड सहित नगद रु. एक लाख ५१ हजार पुरस्कार प्रदान गरिने आयोजक कपल्लेकी युवा समाज डोटीका अध्यक्ष दिपक बहादुर बोगटीले जानकारी दिए ।

प्रतियोगितामा द्वितिय हुने टिमलाई शिल्ड सहित रु.५१ हजार रहेको पनि बोगटीले जानकारी दिए ।