लसएञ्जलस, १ कात्तिक । अमेरिकी धावक टायसन गेकी १५ वर्षीय छोरी बेटी ट्रिनिटीको गोली लागेर निधन भएको छ ।
टायसनका एजेन्ट मार्क वेटमोरले एपीलाई दिएको जानकारी अनुसार बेटी ट्रिनिटी गेको युनिवर्सिटी अफ केन्टुकी मेडिकल सेन्टरमा आइतबार गोली लागेर निधन भएको हो ।
आइतबार बिहान करिव ४ बजे केन्टुकी विश्वविद्यालय नजिकैको एउटा रेस्टुरेन्टको पार्किङ क्षेत्रमा दुई वटा गाडीबीच गोलीको आवाज सुनिएको थियो ।
प्रहरीले तत्कालै पाएको सूचनाको आधारमा गाडीलाई समातेको र त्यसमा बसेका दुई व्यक्तिसँग सोधपुछ भइरहेको बताइएको छ ।
प्रहरीले दुई गाडीको बीचमा भएको गोली हानाहानको घटनामा टायसनकी छोरी पनि कुनै एउटा गाडीमा बसेको हुन सक्ने आशंका गरेको छ ।
टायसनले पछिल्लो तीन ओलम्पिकमा अमेरिकी टोलीको नेतृत्व गरेका थिए ।
उनी सन् २०१२ को लन्डन ओलम्पिकमा ४ दशमलव सय मिटर रिले जित्ने अमेरिकी टोलीको सदस्य थिए । सन् २०१३ मा स्टेरोयड प्रयोग गरेको आरोपमा उनीसँग पदक खोसिएको थियो । – एजेन्सी















प्रतिक्रिया