रत्ननगर २४ असोज । थाईल्याण्डको राजधानी बैंककमा हुने छैठौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चितवनका ९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन ।
तेक्वान्दोमा चितवनमा राम्रो खेल प्रदर्शन गर्दैै आएका ९ जना खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अबसर पाएका हुन । सो प्रतियोगिता कार्तिक ५, ६ र ७ गते हुँदैछ । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ९ जना मध्ये केही अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेर स्वर्ण तथा कास्य पदक विजेता देखि तेक्वान्दोका प्रशिक्षक समेत रहेको चितवन जिल्ला तेक्वान्दो संघका सदस्य तथा अन्र्तराष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिए ।
सो प्रतियोगितामा तेक्वान्दो खेलाडीहरु सुदिप गिरी, धनबहादुर दराई, पार्वती गुरुङ, अनुमा तामाङ, नविना खनिया, रञ्जीत महतो, सुस्मीता थापा, मोहोम्मद कली उल्ला मियाँ, मोहोम्मद उम्मर खान प्रतिस्पर्धा गर्नेछन् । चितवन जिल्ला तेक्वान्दो संघका कार्यबाहक अध्यक्ष रोशन खानको नेतृत्वमा खेलाडीहरुको टोली थाईल्याण्ड जानेछ ।
नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थाईल्याण्ड जाने नेपाली खेलाडीहरुलाई चित्रसारी तेक्वान्दो डोजाङ र टप माउण्टेन तेक्वान्दो डोजाङले सम्मान गरेको छ ।















प्रतिक्रिया