काठमाडौं, २३ असोज । दसैंको मुखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अचानक अस्वस्थ भएका छन् ।
शुक्रबार गोरखाको लाप्राक पुगेर फर्किएका प्रधानमन्त्रीलाई शनिबारदेखि स्वास्थ्यमा समस्या देखिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल हाल बालुवाटारमा आराम गरिरहेका छन् ।
यसैबीच प्रचण्ड अस्वस्थ भएपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम पनि सञ्चालन भएन् ।
कार्यक्रमका संचालक बबिन शर्माले सामाजिक संजालमा लेखेका छन्, ‘सम्माननीय प्रम प्रचण्डले अस्वस्थ महसुुस गर्नुभएकाले एनटीभी कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसंग असोज २९ गते शनिबार प्रशारण हुने जानकारी गराउँदछु । दर्शक र श्रोतामा पर्न गएको असुविधाप्रति क्षमा चाहान्छु।’
उनले अर्काे कार्यक्रम असोज २९ गते शनिबार प्रशारण हुने जानकारी गराउँदै अगाडि भनेका छन्– ‘प्रधानमन्त्री ज्यूलाई रुघा खोकी र सामान्य ज्वरो आइरहेकाले कार्यक्रममा सहभागी हुन सक्नुभएन् ।’















प्रतिक्रिया