३१ आश्विन २०८३, शनिबार

क्षेत्रीय खेलमा तेक्वान्दोतर्फ १६ खेलाडी छनौट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tequando-parbat

पर्वत, २० असोज । क्षेत्रीय खेलका लागि पर्वत जिल्लाबाट तेक्वान्दो खेल तर्फ १६ जना खेलाडी छनौट भएका छन । विहिबार सदरमुकाम कुश्मा बजारमा भएको छनौट खेलमा सहभागी मध्ये १६ जना खेलाडी क्षेत्रीय खेलका लागि छनौट भएका हुन ।

शिवालय उच्च माविको खेल मैदानमा सम्पन्न छनौट खेलका प्रमुख अतिथि नेकपा एमालेका उप सचिव गोविन्द पहाडीले खेलाडीले मनोबल उच्च राखेर खेल्न सके क्षेत्रीय खेलमा पर्वतको जीत सुनिश्चित रहेको बताउनुभएको थियो । उप सचिव पहाडीले स्वास्थ्यका लागि खेल भन्ने ध्येयका साथ राज्यले युवाहरुलाई खेल क्षेत्रमा लाग्नका लागि आग्रह गरेपनि खेलमैदानको अभावका कारण अधिकांश खेलाडीहरु ओक्षेलमा परेको बताउनुभयो । कार्यक्रममा कराते प्रशिक्षक राम श्रेष्ठ, तेक्वान्डो खेलका संयोजक भरत श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष पर्वत गुरुङ, लगाएतको सहभागीता थियो । जिल्ला खेलकुद विकास समितिका अ्रध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सञ्चालन तेवान्डो प्रशिक्षक रमेश क्षेष्ठले गरेका थिए ।

क्षेत्रीय खेलका लागि पुरुष तर्फबाट आशीष शर्मा, सुजन कार्की, गंगा बहादुर गुरुङ, दिपेश गुरुङ, आशीस घर्ति मगर, प्रेम रसाईली, दिपक फकामी पुन र भरत श्रेष्ठ छनौट भएका छन । यसैगरी महिला खेलाडी तर्फ सोनीया माझी, मनिष विक, प्रकृति अधिकारी, भिजनी बोहोरा, सुवेच्छा श्रेष्ठ, सावित्री हिताङ र यमसरा घर्ति मगर छनौट भएका छन ।