काठमाडौं, १९ असोज । नेपालीहरुको ठूलो चाड बडादसैं नजिकिदै गर्दा सुनको भाउमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुनको भाउ तोलामा एकैदिन ११ सय रुपैयाँले घटेर ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
दसैं लागेसँगै आरोलो लागेको सुन मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएकाले नेपालमा पनि सस्तो भएको महासंघले जनाएको छ । चाँदी पनि बुधबार तोलाको ३० रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया