३१ आश्विन २०८३, शनिबार

प्रचण्ड र निधिविरुद्ध उभिने माओवादीकी एक्ली सांसद, हिन्दीलाई राष्ट्रिय भाषा नमान्ने चेतावनी

113k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dulali-harijan

काठमाडौं, १६ असोज । नेकपा माओवादी केन्द्रकी सांसद दुलाली हरिजनले हिन्दीलाई कुनै हालतमा राष्ट्रिय भाषा मान्न नसकिने बताएकी छन् ।

आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनमार्फत हिन्दीलाई राष्ट्रिय भाषा बनाउने तयारी गरिरहेका बेला आइतबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै सांसद दुलाली हरिजनले हिन्दीलाई राष्ट्रिय भाषा नबनाउन सरकारसँग माग गरिन् ।

हिन्दीलाई राष्ट्रिय भाषा बनाउने प्रचण्ड र निधिको तयारीको विपक्षमा बोल्दै उनले भनिन्- ‘हिन्दीलाई कुनैहालतमा राष्ट्रिय भाषाको मान्यता दिन हुँदैन् ।’

बैठकमा पहिलो वक्ताको रुपमा बोलेकी सांसद हरिजनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाएपछि नेपाली भाषालाई पनि भारतले राष्ट्रिय भाषाको मान्यता देला भनी प्रश्न गरिन् ।

उनले अगाडि भनिन्- ‘नेपाली भाषा मात्रै राष्ट्रिय भाषा हुनुपर्छ । हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिइनु हुँदैन ।’

यसअघि कांग्रेस सांसद देवनारायण कलवारले संसदबाटै हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन माग गरेका थिए ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=G3gSdKCWpLI