लन्डन, १६ असोज । चेल्सीले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा हल सिटीलाई २–० ले हराएको छ ।
चेल्सीको जितमा विलियन र डिएगो कोस्टाले एक एक गोल गरेका थिए ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेको चेल्सीले खेलको ६१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि कोस्टाले सुन्दर गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
६ मिनेट भित्रमा भएको दुई गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।
जितपछि सात खेलबाट १३ अंक बटुलेको चेल्सी छैटौं स्थानमा उक्लिएको छ ।
सात खेलबाट सात अंक नै जोडेको हल सिटी तालिकाको १५ औं स्थानमा छ । – एजेन्सी















प्रतिक्रिया