३१ आश्विन २०८३, शनिबार

म्यानचेष्टर युनाइटेडद्वारा लुहान्स्क १–० ले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manchesterलन्डन, १४ असोज । म्यानचेष्टर युनाइटेडले युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा जोर्या लुहान्स्कलाई १–० पराजित गरेको छ ।

युनाइटेडको जितका लागि जाल्टान इब्राहिमोबिचले गोल गरे । जारी युरोपा लिगमा पाँच खेल खेलिसकेका इब्राहिमोबिचले यसअघिका खेलमा गोल गर्न सकेका थिएनन् ।

लुहान्स्क विरुद्धको खेलमा इब्राहिमोबिचले ६९ औं मिनेटमा हेडमार्फत गरेको गोल नै निर्णयक बन्यो ।

लुइस भान गालको ठाउँमा म्यानचेष्टर युनाइटेडको प्रशिक्षक भएका माउरीन्होले पनि जित कठिन भएको प्रतिक्रिया दिएका थिए ।

एक महिनाभित्र भएका प्रतियोगितामा म्यानचेष्टर युनाइटेडले तीन वटा म्याच जितेको छ भने तीन वटा म्याच हारेको छ । – एजेन्सी