काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हिन्दीलाई कुनै हालतमा राष्ट्रिय भाषा बनाउन नसकिने बताएका छन् ।
आफ्नै पार्टीका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले सार्वजनिक कार्यक्रमबाटै हिन्दी भाषालाई सरकारी भाषा बनाउनेगरी सरकारले संविधान संशोधनको तयारी गरिरहेको बताएका बेला व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै खतिवडाले निधिलाई काउन्टर दिँदै हिन्दीलाई कुनै हालतमा राष्ट्रिय भाषा मान्न नसकिने बताए ।
‘नेपालमा हिन्दी भाषामा राष्ट्रिय भाषा प्रयोग गर्ने अरे,’ उनले भने– ‘कहिले चाइनिज, कहिले फ्रान्स, कहिले रसियन भाषा नेपालमा राष्ट्रिय भाषा हुँदैन् । नेपाली भाषा नै राष्ट्रिय भाषा हुनुपर्छ ।’
फरक प्रसंगमा सांसद खतिवडाले प्रधानमन्त्रीले अख्तियारसँग कुरो मिलिसकेको सुन्नमा आएको भन्दै के कुरा मिलेको हो संसदमा जानकारी गराउन माग गरे । लडाकु शिविर भ्रष्टाचार प्रकरणमा निस्पक्ष छानविन हुनुपर्ने उनको धारणा छ ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=GaFkJhPrDzo
















प्रतिक्रिया