३१ आश्विन २०८३, शनिबार

लैंगिक हिंसा न्यूनिकरणका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket

कञ्चनपुर, ८ असोज । लैंगिक हिंसा न्यूनिकरणका लागि कञ्चनपुरमा आज एक दिवसीय मैत्रीपूर्ण भेट्रान क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।

द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको आयोजनामा कञ्चनपुर प्रतियोगितामा संघको टोलीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षक कर्मचारीको टोलीलाई ७ विकेटले पराजित गरेको छ ।

ट्वान्टी ट्वान्टी फर्मेटमा खेलाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चल बिश्व बिद्यालयले १४ दशमलव ४ ओभरमा सबै बिकेट गुमाउदै ७८ रन मात्र बनाउन सकेको थियो ।

प्रत्युत्तरमा मैदानमा उत्रिएको कञ्चनपुर जिल्ला क्रिकेट संघले १६ दशमलव ४ ओभरमा ३ बिकेटको क्षतिमा ८० रन बनाएर बिजय लक्ष्य हासिल गर्यो ।

द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहराको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द प्रमुख अथिति रहेका थिए । कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष दिपकराज चालिसे बिशिष्ठ अथिति रहेका थिए ।

महिलाको प्रगतिमा सामाजिका बाधाहरुको संबोधन (आस्था) परियोजना अन्तर्गत खेलकुदको माध्यमबाट पनि महिला हिंसा न्यूनिकरणको लागि जनचेतना अभिवृद्धिको लागि खेलकुद प्रतियोगताको आयोजना गरिएको जिल्ला संयोजक प्रभुनिधि पन्तले बताउनुभयो ।

यस अघि मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरि प्रभावकारी नतिजा देखिएकोले क्रिकेटबाट समेत थप प्रयास गरिएको संस्थाले जनाएको छ ।