१९ कार्तिक २०८३, बिहिबार

अपहरणको नाटक गरी आफ्नै परिवारबाट पैसा लिन खोज्ने एक जोडी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ६ असोज । अपहरणको नाटक गरी आफ्नै अभिभावकवाट पैसा लिन खोज्ने ललितपुर पाटनढोका बस्ने सिन्धुपाल्चोक कर्थली–४ की साबु भन्ने सावित्री खड्का र उनका प्रेमी काठमाडौं चक्रपथ चप्पलकारखाना बस्ने सिन्धुपाल्चोक कर्थली–६ का सिजन भन्ने रामचन्द्र खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार खड्काले आफू अपहरणमा परेकोले फिरौती रकम चाहियो भनि एसएमएस पठाएको भन्ने महानगरीय प्रहरी परिसर ललितपुरमा प्राप्त भएपश्चात अनुसन्धान गर्दै जाँदा उनीहरु दुबैको योजनामा खत्रीले अन्य व्यक्तिबाट लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले योजना रची भ्रम फैलाएको खुल्न आएको थियो ।

उनीहरुलाई अनावश्यक भ्रम सिर्जना गरी समाजमा नकारात्मक असर पर्ने काम गरेकोले केही सार्वजनिक अपराध मुद्धामा अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।