काठमाडौं, ६ असोज । प्रधान सेनापति राजेन्द्र क्षत्री र अमेरिकी सेना प्रशान्त सहायक कमान्डिङ जनरल गेर्गोरी बिल्टोनबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
अमेरिकी सेना र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको विपद्प्रतिको प्रतिक्रिया र आदानप्रदान अभ्यासमा सहभागी हुन बिल्टोन नेपाल आएका हुन् ।













प्रतिक्रिया