काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ जारी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।
प्रतिवेदनमा छलफल गर्न विभिन्न नौवटा समूह विभाजन भई समूहका नेता र उपनेता चयन भएका छन् । उनीहरुले २० मिनेटमा प्रस्तुति सक्नुपर्ने व्यवस्था गरिएको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो । बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । प्रतिवेदनमाथिको छलफलपछि अध्यक्षले जवाफ दिनुहुनेछ ।
बैठकका लागि राजनीतिक प्रतिवेदनका साथै स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटी, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन, स्थायी समितिका निर्णयहरुको अनुमोदन, केन्द्रीय आयोगहरुका प्रतिवेदन जस्ता कार्यसूची तय भएका छन् । रासस













प्रतिक्रिया