– कृष्ण ओझा
पाँचथर, ६ असोज । पाँचथर फिदिम नगरपालिका ४ थापाटार निबासी रेशम कटूवालको ८ बर्षीय बालक रिसब कटूवाल लाई बूधबार खोलाले बगाएको छ ।
हेवाखोला पारीदेखि वारी आउने क्रममा चिप्लेर खोलाले बगाएको आफन्तले जनाएका छन । घटना स्थलमा जिल्लाप्रहरीका सहायक निरीक्षक खडग गिरीको कमाण्डमा ११ जना उद्धार टोलि परीचारीत भएक ाछन ।
बालक हाल सम्म फेला परेका छैनन । खोजीकार्य तमोर खोला आसपासमा भइरहेको प्रहरीले जनाएको छ । खोजीकार्य तिब्ररुपमा भइरहेको प्रहरीनायव उपरीक्षक नकूल पोखरेलले बताए ।













प्रतिक्रिया