झापा, ५ असोज । झापाको विर्तामोड चोकबाट ५ सय मिटर पूर्वमा लोकमार्ग भत्किएपछि सवारी आवजावत ठप्प भएको छ ।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत विर्तामोड ६ स्थित सुगम प््रटोल पम्प अगाडि बसपार्क छिर्ने मुख्य राजमार्ग धसिदै कालोपत्रे सडक भत्किएको हो ।
सडक भत्किएपछि सम्पूर्ण सवारी आवत जावत बन्द भएको छ । आवत जावत नै बन्द भएपछि प्रहरीले हिमालय धर्मकाँटाबाट माता मन्दिर हुँदै नयाँ बैकल्पिक सडक सवारी सुचारु गरेको जनाएको छ ।
सडक मर्मत नभएसम्म बैकल्पिक सडकको वेवास्था गर्नुपर्ने भएको छ ।













प्रतिक्रिया