लन्डन, ५ असोज । कुनै पनि गोलकिपरलाई ४३ पल्ट आफ्नो गोलपोष्टमा गोल छिरेको घटनाले मन कति कुटुक्क होला ? यो सबैले अनुभव गर्न सक्छन् ।
यस्तै एउटा दूर्लभ घटना भएको छ । जर्मनीको एउटा तल्लो लिगमा । जसका कारण गोल खाने गोलकिपरविरूद्ध अपराधको मुद्दा दायर भएको छ ।
भर्खरै जर्मनीमा भएको एउटा लिगमा कसैले कल्पनै नगरेको कीर्तिमान कायम गर्ने क्रममा पिएसभी ओबेरहाउसेन क्लबले एसभी भोन्डेरोर्टलाई ४३–० गोलले पराजित गर्यो ।
जर्मनी पत्रिका एक्सप्रेसका अनुसार ओबेरहाउसेनले पहिलो हाफमै ३५ गोल ठोकिसकेको थियो ।
जसका कारण दोस्रो हाफपछिको खेलमा भोन्डेरोर्टको क्षेत्रमा ८ खेलाडी मात्र देखा परे ।
पहिलो हाफको नतिजापछि ३ खेलाडी मैदानमा प्रवेश गर्न मानेनन् । प्रत्येक २ मिनेटमा गोल खाएका भोन्डेरोर्टको गोलकिपर मार्को कोइटेक यो घटनालाई बिर्सन चाहन्थे ।
खेल सकिएको ५ दिनपछि डोर्टमुन्डदेखि ३० माइल पश्चिममा पर्ने बोट्रोपमा अभ्यासरत रहेको बेला छानबिनका लागि प्रहरीले मार्कोलाई गाडीमा हालेर लग्यो ।
२५ वर्षीय गोलकिपरलाई दुईवटा गाडीमा आएका प्रहरीले स्थानीय प्रहरी चौकीमा पुगाएका थिए ।
प्रहरीले उनीसँग के–के विषयमा सोधपुछ गरिरहेको छ, त्यो विवरण बाहिर आएको छैन् । उनको मोबाइल पनि प्रयोगमा आएको छैन् । – एजेन्सी















प्रतिक्रिया