१९ कार्तिक २०८३, बिहिबार

यी हुन् राजधानीका स्कुलहरूमा बम राख्ने माओवादीका पूर्व लडाकु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar-chandra

काठमाडौं, ४ असोज । राजधानीका विभिन्न स्कुलमा बम राख्ने २ जनालाई पक्राउ गरी प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले माओवादी कम्युनिष्ट केन्द्र नेपालको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङग कम्युनिष्ट फोर्सका कार्यकर्ता रामेछाप दिमिपोखरी ६ का ३१ वर्षीय शंकर लाखे र सिन्धुली लाम्पाङटार ६ का २४ वर्षीय चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

दुबै जनाले चन्दा माग्दै सोमबार राति राजधानीका केही निजी विद्यालयहरुमा सिलिण्डर बम तथा प्रेसर कुकर बम राखेका थिए भने केहीमा विस्फोट समेत गरेका थिए ।

कार्यालयका एआइजी प्रतापसिंह थापाले उनीहरुलाई बौद्धस्थित डेराबाट नियन्त्रणमा लिएको बताए ।

उनीहरु संलग्न दल माओवादी कम्युनिष्ट केन्द्र शान्ति प्रक्रिया पूर्व २०६२ सालमा हतियार लिएर भागेको लडाकुहरुले गठन गरिएको संस्था भएको उनले बताए ।

प्रहरीका अनुसार पूर्व लडाकु दुबै जना लामो समयदेखि अपराधिक क्रियाकलापमा संलग्न थिए ।