पाल्पा, ४ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुच्छेले नेपालमा राष्ट्रिय योजना आयोग नै नचाहिने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले योजना आयोगमा बीस वर्ष सदस्य रहेकासँग आयोगको प्रगति प्रतिवेदन नभएको गुणासो गर्नुभयो ।
अध्यक्ष बिजुच्छेले योजना आयोगको काम के हो र यसले के गरिरहेको छ भन्दै कामविहीन योजना आयोग नचाहिने बताउनुभयो ।
योजना आयोगले सांसदलाई ब्यारेकका सिपाहीलाई जस्तो बनाउन नहुने बताउँदै उहाँले भन्नुभयो – स्थानीय निकायमा कुल बजेटको आधा बजेट विनियोजन गर्न सकेमा देशको विकास गर्न सकिन्छ ।
“कुनै देशले भनेपछि संविधान संशोधन गर्नुपर्छ भन्ने छैन,” बिजुच्छेले भन्नुभयो – प्राकृतिक स्रोत र साधन नभएका देश विकासको गति लिएको अवस्थामा हाम्रोजस्तो प्रशस्त प्राकृतिक, स्रोत र साधन भएको देश समृद्ध हुन नसक्ने होइन, यसप्रति हामी सम्बेदनशील हुनै पर्दछ । रासस













प्रतिक्रिया