– कृष्ण ओझा
पाँचथर, ४ असोज । पाँचथरको नवमीडाड गाविसमा सोमबार महिला तथा घरेलू हिंसा, कानूनी उपचार अभिमूखिकरण सम्मन्न भएको छ ।
साहसिक महिला बहूउद्देश्य सहकारी र सामूदायीक सेवा केन्द्र पाँचथर र जिल्ला प्रहरी कार्यालयको संयूक्त आयोजनामा भएको हो ।
प्रहरी मेरो साथि कार्यक्रम अन्र्तगत महिला तथा घरेलू हिंसा बारे एक दिने अभिमुखिकरण गरीएको हो । सहासिक महिला बहूउदेश्यका अध्यक्ष निर्मला कन्दङबाको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा सामूदायीक सेका केन्द्रका अध्यक्ष छबिबाँस्कोटा, प्रहरीनिरीक्षक बिजय श्रेष्ठ, महिला तथा बालबालिका सेल बाट प्रहरी नायव निरीक्षक मेनूका पाठक, प्रहरी सामूदायीक सेवा कन्द्रका प्रज अमिता तामाङ, लगायतको सहभागी रहेका थियो ।
घरेलू, तथा महिला हिसा बिषयमा सामूदायीक सेवाकेन्द्रका अध्यक्ष तथा अधिबक्ता छबि बाँस्कोटाले कानूनी उपचार बारेमा जानकारी दिएका थिए ।
प्रहरीनिरीक्षक बिजय श्रेष्ठ ले घरेलू तथा हिंसा अपराध गर्ने लाई हूने दण्ड सजायको जानकारी गराउदै सहभागीले उठाएका जीज्ञासाको सहजी गरेका थिए ।
महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी नायव निरीक्षक मेनूका पाठकले महिला हिंसा, घरेलू हिंसा तथा लैगिक हिंसाको बारे सचेतना दिलाएकी थिइन । कार्यक्रमको उदेश्य बारे केन्द्रका सदस्य प्रयागराज सूवेदिले ब्यक्त गरेका थिए ।













प्रतिक्रिया