
मकवानपुर, ४ असोज । मकवानपुर जिल्लाको मनहरी– १ लोथरमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
काठमाडौंबाट सिराहातर्फ जाँदै गरेको ना ५ ख ३६१५ नम्बरको यात्रु बस मंगलबार बिहान सवा ४ बजे नियन्त्रण गुमाएर सडकबाट अन्दाजी ६ फिट तल खेतमा खसेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका नौ जनाको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा उपचार भैरहेको छ ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जानकारी दिएको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी कार्य भैरहेको छ ।












प्रतिक्रिया