काठमाडौं, ३ असोज । राजधानीमा एक बालिकाको बलात्कार भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ नयाँचोक डेरा गरी बस्ने उदयपुर पञ्चवती–४ की ९ वर्षीया बालिकालाई शनिबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोटका ६५ वर्षीय रामभक्त श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पीडित बालिकाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया