१९ कार्तिक २०८३, बिहिबार

संविधान दिवस: कपिलवस्तुमा कालो दिन मनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kalo-din

– शम्भू माली

कपिलवस्तु, ३ असोज । संविधानमा मधेशीको अधिकार सम्बोधन नभएको भन्दै मधेशमा आज कालो दिन मनाएका छन ।

आजैको दिन संबिधान जारी भएकोले नेपाल सरकारले एक दिन सार्बजानिक बिदा गरि संबिधान दिवस मनाउदा मधेशीले आजको दिनलाई कालो दिनको रुपमा मनाईरहेका छन । संबिधानमा मधेशीको हक अधिकार सुनसचित नभएको मधेशीले कालो दिन मनाई रहेका छन । राती ७ बजे देखी साढे ७ बजेमा बलाक आउट गर्ने बताएका छन ।

कपिलवस्तु जिल्लाको सदर मुकाम तौलिहवा बजार परिक्रमा गरि जिल्ला प्रशासन चौकमा कोण सभा गरि मोर्चा अलग देशका लागि बुलन्द आवाज उठ्न सक्ने वताएका छन् । मधेशमा जारी आन्दोलनलाई बेवस्ता गरी बनाइएको संविधान मधेशमा कुनै पनि हालतमा कार्यन्वयन हुन नसक्ने वक्ताहरुको भनाइ रहेको थियो ।

मधेशीले आफ्नो अधिकारको लागि उठाएको आन्दोलनले मधेशमा पहाडी तथा मधेशी समुदायमा विभेद बढ्दै गएको बताए । नेपाललाई बचाई राख्नको लागि र राष्ट्रिय एकतालाई मजवुत बनाउन मधेशी, जनजाती र दलितले उठाएको माग राज्यले तत्काल सम्बोधन गर्नु पर्ने मधेशी मोर्चाले बताएको छ ।

नेपालको संविधानमा मधेशीहरुको अधिकार सुनिश्चि नभएकोले राज्यले तत्काल संविधान संसोधन गरेर मधेशीहरुको अधिकार सुनिश्चित गनु पर्नेे वताए । मधेशीसँग कुनै पनि किसिमको विभेद भयो भने त्यसको प्रतिकार गर्ने बताए । मधेशीले नेपाल भित्रै एउटा स्वयत्त मधेश मात्र मागेकोले प्रमुख पार्टीले त्यो अधिकार दिनु पर्छ भन्ने बक्ताले बताए । मधेशको समस्या समयमा नै सम्बोधन गर्न नसकिए त्यसले भविष्यमा भयवाह रुप लिन सक्ने बताएका थिए ।